नगरपालिकाद्वारा जनताको गुनासो सुन्ने मोबाइल एप्स सञ्चालन

Advertisement

दमौली । तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि आफ्नै एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । “सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिनको  आफ्नै एप्स बनाएका नगर प्रमुख गौलीले बताए । नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुने विस्वास लिएको छ ।

मोवाइल एप्समा नगरपालिकाको परिचय, नगरपालिकाकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत अजन्ता ढकालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement