दुई करोड महसुल उठ्न बाँकी

Advertisement

पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४÷७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए  ।

उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकेको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट रु एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म रु ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उहाँले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए  ।

केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको बताए  ।

Advertisement

Advertisement

Advertisement