हानकुक टायर र स्पेयर पार्ट्स नेपाली बजारमा

Advertisement

काठमाडौं। हानकुक टायर र स्पेयर पार्ट्सको नेपाली बजारमा बिक्री सुरु भएको छ। हानकुकको टायर र स्पेयर पार्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता एलएच सर्भिसेस र स्पेयर पार्टसले यसको बिक्री सुरु गरेको हो।

एलएच सर्भिसेस र स्पेयर पार्टस लक्ष्मी समूह अन्तर्गतको कम्पनी हो । हानकुक दक्षिण कोरियाको अग्रणी टायर ब्राण्ड हो ।

पिसिआर, एलटिआर, एसयुभि र टिबिआरको विश्वबजारमा कम्पनी सातौं स्थानमा छ। पिसिआरमा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृंखला छ । हानकुकले आफ्ना उत्पादनहरु उच्च इन्धन क्षमता, कम आवाज आउने र आकर्षक रहेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement