तिहारमा लोडसेडिङ हुन दिइँदैनः घिसिङ

Advertisement

काठमाडौं। बत्ति, रङ्ग र फूलको पर्वका रुपमा मनाइने तिहार पर्वमा यसपाली विना कुनै हिचकिचावट बत्ति बाल्न सक्ने गरी विद्युत आपूर्ति व्यवस्थापन गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदो तिहारमा नेपाल भर लोडसेडिङ नहुने घोषणा गरेका छन्। यस पटक तिहारमा करिब १२ सय ७० मेगावाट विद्युतको माग हुने अनुमान गरिएको पनि उनले जानकारी गराए ।
‘हामीले अनुमान गरेभन्दा धेरै माग भएमा पनि धान्न सक्ने वातावरण निर्माण गरेका छौ’ उनले भने।

गत वर्षको भन्दा यस वर्ष सप्लाइ बढाएको घिसिङले जानकारी दिए । ‘कतै कतै प्रविधिक समस्याले बत्ती जान सक्छ अन्यथा सप्लाइ कम भएर लोडसेडिङ हुने स्थितिमा हामी छैनौं, उनले दावी गरे।

उनका अनुसार बिद्युत आपूर्ति नभएर तिहार नराम्रो हुने अवस्था छैन। यस वर्ष कुलेखानीमा पानीको सतह प्रयाप्त रहेकाले सहज भएको उनको भनाई छ।

Advertisement

Advertisement

Advertisement