एलजीले ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा, मूल्य नौ लाख ४१ हजार

Advertisement

काठमाडौं । एलजीले ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ । यस टिभीमा क्वार्ड कोर प्रोसेसर, वेभओएस, अपरेटिङ सिस्टम, म्याजिक मोशन रिमोट कन्ट्रोल, फोरके यूएचडी डिस्प्ले, फोरके एक्टिभ एचडीआर, आइपीएस प्यानेल, थिंक अल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

अल थिंक–इनाबल टिभीले एक सुव्यवस्थित अनुभव प्रदान गर्ने भन्दै कम्पनीले यसले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिने जनाएको छ । यसमा माइक्रो बटन थिचेर सूचनाको लागि सोध्ने जस्तैः मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट अंकहरु गुगल एसिस्टेन्टको मद्दतले आफ्नो आवाजले टिभीलाई नियन्त्रण गर्न सकिन्छ ।

यस टिभीको नेपाली बजारमा नौ लाख ४० हजार ९९० रुपियाँ मुल्य रहेकोमा तिहार तथा छठको अवसरमा भारी छुट र एलजीको एसजे४ स्पिकर उपहार प्रदान गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement