काठमाडौं रोयल्सलाई चितवन राइनोजले दियो १५० रनको चुनौती

Advertisement

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)को बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो।

लगातार दुई खेल गुमाएपछि धनगढीविरुद्ध बुधबार पहिलो जित दर्ता गरेको चितवनले काठमाडौंविरुद्ध राम्रो सुरुवात गर्‍यो। पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाहले ५४ रनको साझेदारी गरे। त्यसक्रममा अनिलले २७ रन बनाए।

जम्मा स्कोर ७९ पुगेको अवस्थामा चितवनका कप्तान व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए। धनगढीविरुद्ध अर्धसतक बनाएका हरिशंकरले आजपनि ६० रन बनाउन सफल भए। उनले ४९ बलमा पाँच चौका र तीन छक्का हाने।

यसैगरी स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रन बनाउँदै चितवनको पारि सम्हाले। बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले दुई विकेट लिए। त्यस्तै पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए।

Advertisement

Advertisement

Advertisement