मोरङको लेटाङ्गमा एनआईसी एशियाको थप एक शाखा विस्तार

Advertisement

काठमाडौं । देशभरका ग्रामिण तथा शहरी भेगका सबै स्थानमा शाखा विस्तार गरी पहुँचलाई बढाउने उद्देश्य लिएको एनआईसी एशिया बैंकले मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४ मा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । आज विस्तार भएको यस शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले उदघाटन गरे ।

उदघाटन कार्यक्तममा बोल्दै ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताए ।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको यस बैंकमा हालसम्म मा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement