ट्रम्पको व्यापार नितिको मारमा अब भारत पनि, ‘ड्यूटी फ्री’ सामानमा कर लाग्न थाल्यो

Advertisement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० वटा नयाँ उत्पादनलाई ‘ड्यूटी फ्री’को सूचिबाट हटाइदिएका छन् । त्यसमध्ये ५० वटा भारतीय उत्पादन परेको जनाइएको छ । ट्रम्पको यस निर्णयलाई टे्रड वार’को विस्तारित रुपको रुपमा व्याख्या गरिएको छ ।

अमेरिकाको यस्तो फैसलासँगै अब भारतबाट अमेरिका निर्यात गरिने सामानमाथि कर लगाइने छ । ड्यूटी फ्री को श्रेणीबाट हटाइएका अधिकांश भारतीय सामान कृषि क्षेत्रमा आधारित छन् । अमेरिकाले यस्ता सामान लामो समयदेखि विश्व बजारबाट खरिद गर्दै ट्याक्स फ्री गर्दै आएको थियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भएदेखि नै यस्ता उत्पादनलाई ‘ट्याक्स फ्री’बाट हटाउँदै व्यापार घाटा कम गर्ने प्रतिवद्धता जाहेर गर्दैआएका थिए । भारत लगायत अन्य मुलुकले समेत ट्रम्प प्रशासनको यस्तो अभिव्यक्तिमा विरोध जनाउँदै आएका थिए । यसअघि अमेरिका निर्यात गर्ने ड्यूटी फ्री सामान सबैभन्दा बढी भारतले नै गर्ने भएकाले पनि अमेरिकाको यस्तो फैसलाको असर भारतलाई नै पर्ने देखिएको छ ।
भारत लगायत अन्य थुप्रै विकाससिल र अल्पविकसित मुलुकका उत्पादनमा बढावा दिन भन्दै अमेरिकाले लामो समयदेखि ड्यूटी फ्री श्रेणीमा राखी खरिद गर्दै आएको थियो । चीनसँग अमेरिकाको ट्रेड वारले चर्को रुप लिन थालेपछि अमेरिकाले नयाँ फैसला गरेको हो ।

सन् २०१७ मा मात्रै भारतले ५ दशमलब ६ बिलियन डलर मुल्य भन्दा बढीको ड्यूटी फ्री सामान निर्यात गरेको थियो । अब अमेरिकाले निर्णय परिवर्तन गरेसँगै भारतका साना तथा मध्यम स्तरका उद्योगलाई बढी नोक्सान पर्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement