लक्ष्मी बैंकले फेर्यो सिइओ, एभरेष्टले किचलो गरेपछि मर्जर अन्योलमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अजयविक्रम शाह नियुक्त भएका छन् । एभरेष्ट बैंकसँग मर्जरको चर्चा चलिरहेको बेला बैंक सञ्चालक समितिले सुदेश खालिङलाई म्यान नथपि शाहलाई नियुक्त गरेको हो ।

एभरेष्टसँगको मर्जर गर्ने सिलसिलामा खालिङको कार्यकाल छ महिना मात्रै थप गरिएको थियो । एभरेष्टसँग मर्जर गर्ने कुरा नमिलिरहेको बेला शाहलाई नियुक्ति गरिएबाट मर्जर प्रक्रिया थप जटिल बनेको संकेत देखिएको छ । उनी सोही बैंकमा कार्यरत थिए ।

एभरेष्ट बैंकले मर्जरका लागि एकपछि अर्को शर्त राखेपछि लक्ष्मी बैंक उसँग टाढिन थालेको छ । दुवै बैंकको स्वाप रेसियोमै एभरेष्टले किचलो गरिरहेको लक्ष्मी बैंकको भनाई छ ।

Advertisement

Advertisement

Advertisement