गोदावरी मेलामा ६२ लाखको कारोबार भयोः फ्लोरिकल्चर एशोसियशन

Advertisement

काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार पाँच सयले अवलोकन गरेको र चारमा ६२ लाख रुपियाँको कारोबार भएको आयोजक फ्लोरीकल्चर एशोसियशनले जनाएको छ ।

तिहार नजिकिएकाले मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको भन्दै एशोसियशनले मेलाको अन्तिम दिन आइतबार मात्र पाँच हजार बढीले अवलोकन गरेको र साढे ११ लाख रुपियाँको फूल बिक्री भएको जनाएको छ ।

प्रदर्शनीमा ४५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार, स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement