पीपीएलको उपाधि घरेलु टिम पोखरा पल्टनलाई

Advertisement

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि घरेलु टिम पोखरा पल्टनले हात पार्न सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा पोखराले चितवन राइजोजलाई हराउँदै सर्वाधिक राशीको यो उपाधि हात पार्न सफल भएको हो ।

पीपीएलको यो पहिलो संस्करणको उपाधि हो । भारतीय खेलाडी रभीइन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्न पोखरा सफल भएको हो ।

पोखराले उपाधिसँगै २७ लाख रुपियाँ हात पार्न सफल भएको छ भने उपविजेता चितवनले १० लाख रुपियाँमा चित्त बुझाएको छ । शरद भेषावकर नेतृत्वको पोखराको टोलीले पारस खड्का नेतृत्वको टोलीविरुद्ध टीट्वेन्टी क्रिकेटको अघिल्ला दुई प्रतियोगिताको फाइनलमा बेहोरेको पराजयको बदला लिन आज सफल भएको छ ।

पोखरा स्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रनको योगफल तय गरेको थियो।

जवाफी ब्याटिङमा आएको पोखराले १९.२ ओभरमा सात विकेट गुमाउँदै उपाधि पक्का बनाएको हो। पोखरालाई उपाधि दिलाउन रभिइन्दरले ५८ बलमा ९० रनको योगदान दिए । उनले आफ्नो पालीमा तीन छक्का र १३ चौका प्रहार गरे। रभीइन्दरले दोस्रो विकेटका लागि आसीफ शेख ९१२० सँग ६१ रन तथा तेस्रो विकेटका लागि मोहम्मद नाभिद ९२५० सँग ३३ रनको साझेदारी गरेका थिए।

आसीफले रन आउट हुनु अघि १२ बलमा एक छक्का प्रहार गरेका थिए। यस्तै १४ बल खेलेका नाभिदले तीन छक्का र एक चौका प्रहार गरेका थिए। पोखरालाई कप्तान शरदले २३ बलमा २२ रन जोडे।

त्यसअघि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल खेलको पहिलो ओभरमै करण केसीको बलमा चार रन जोड्दा विकेट किपर ब्याट्सम्यान् आकाश थापाद्वारा विकेट पछाडीबाट क्याच आउट हुन पुगेका थिए।

त्यसअघि कप्तान पारस र भारतीय खेलाडी सन्नी पटेलले सशक्त प्रदर्शन गरे पनि टोलीको जितका लागि पर्याप्त बनेन। पारसले ३७ बलमा ५१ रनको अर्धसतकीय पाली खेलेका थिए। उनले आफ्नो पालीमा नौ चौका प्रहार गरेका थिए।

रसीद खानको बलमा दोस्रो इन्डमा रहेका अनिल शाहले प्रहार गरेको शट फेरी रसीदको हातमा लागेर स्टम्पबाट बेल झर्दा पारस आउट हुन पुगेका थिए।

यस्तै सन्नीले २१ बलमा ४३ रन जोडे ।े कृष्ण कार्कीको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट हुनु अघि सन्नीले चार छक्का र तीन चौका प्रहार गरे।

अर्का प्रारम्भिक ब्याट्सम्यान अनिल शाह ३८ बलमा ३७ रन जोड्दै आउट हुन पुगे। उनले आफ्नो पालीमा एक छक्का र तीन चौका प्रहार गरे। उनी मोहम्मद नाभिदको बलमा बउल्ड आउट हुन पुगे। आरीफ शेख ११ बलमा १४ रन जोड्दै अविजित रहे।

आरीफले आफ्नो पालीमा एक छक्का प्रहार गरे। त्यस अघि प्रारम्भिक ब्याट्सम्यान हरी शंकर शाह आठ रन जोड्दा ललित राजवंशीको बलमा विकेट किपर बिनोद भन्डारीद्वारा स्टम्पिङ भए। १२ बल खेलेका उनले आफ्नो पालीमा एक छक्का प्रहार गरेका थिए।

पोखराका कृष्ण कार्कीले दुई तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले एकरएक विकेट लिदा चितवनका भुवन कार्कीले दुई तथा करण केसी, सन्नी पटेल र पारस खड्काले एकरएक विकेट लिए।

Advertisement

Advertisement

Advertisement