बाँकी कैद मिनाहाको माग गर्दै चाल्स शोभराज सर्वोच्चमा

Advertisement

काठमाडौं । अन्र्तराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स गुरुमुख शोभराजले बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालत मुद्दा दर्ता गरेका छन् ।

कारागार नियमावलीमा भएको ज्येष्ठ नागरिकले पाउने कैद अवधि छुट सम्बन्धि प्राबधानलाई टेकेर शोभराजले सर्वोच्चमा वन्दीप्रत्यक्षीकरणको रिट दिाएका हुन् । उनले आफलु ७० बर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गेका छन्। उनले ज्येष्ठ नागरिकले पाउने सुविधामा अफुमाथि अन्याय भएको दाबी गरेका छन् ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन्। २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो।

सर्वोच्चको अन्तिम फैसला अनुसार २० बर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ।

शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण देखाउ अदेश दिएको छ ।

Advertisement

Advertisement

Advertisement