देउसी खेल्न गएका पाँच बालिका वुधबारदेखि बेपत्ता

Advertisement

नुवाकोट । तिहारमा देउसी भैलो खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् ।

बेपत्ता हुनेमा स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर छन् । वुधवार बेलुकी देउसी खेल्न गएका उनीहरु सम्पर्कमा नआएको भन्दै खोजीका लागि परिवारजनले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

आफ्नी छोरीसहित पाँचजा बालिकाहरु २४ घण्टादेखि बेपत्ता भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय ढिकुरेमा निवेदन दिइएको सम्झनाका पिता रामकुमार थापामगरले बताए ।

Advertisement

Advertisement

Advertisement