भारतको नयाँ दिल्लीमा हुने व्यापार मेलामा नेपाल पनि सहभागी हुने

Advertisement

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हुने व्यापार मेला ‘इन्डिया इन्टरनेसनल ट्रेड फेयर, २०१८’ मा नेपाली व्यापारीहरुको सहभागीताका लागि तयारी पूरा भएको छ । यही कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म भारतमा सञ्चालन हुने उक्त मेलमा नेपालका विभिन्न १० वटा उद्योग/फार्महरुले सहभागीता जनाउने भएका हुन् ।

भारतस्थित नेपाली राजदुतावासको सहजिकरणमा सो व्यापार मेलामा नेपालले आफ्ना व्यावसायीक प्रदर्शनी तथा विक्री वितरण गर्ने व्यवस्था गरिएको छ ।

नेपाली व्यावसायीहरुले नेपाली पश्मिना, तयारी पोशाक, हाते कागजका सामग्री, ढाका कपडा, फ्लोर कभरिङ वेड कभरलगायत नेपाली हस्तकलाका वस्तुको मुख्य प्रदर्शनी र बिक्री वितरण गरिने जनाइएको छ ।

उक्त व्यापारीक मेलामा ‘बी टू बी’ बैंठक तथा सांस्कृतिक कार्यक्रम एवं नेपाल भारत ‘जी टू जी’ स्तरमा समेत छलफल हुने जनाइएको छ । यस कार्यक्रमको नेपाली राजदुतावास भारतले संयोजन गर्ने बताइएको छ ।

आगामी बुधबारदेखि हुन गइरहेको यो व्यापार मेला भारतकै सबैभन्दा ठूलो व्यापार मेला भएकोले गुणस्तरीय वस्तुको प्रदर्शनी गरी नेपाली वस्तुको विश्व बजारमा प्रवद्र्धन गर्न सकिने अवसर मेलाबाट प्राप्त हुने जनाइएको छ । नेपालको प्रभावकारी सहभागीताले यस व्यापार मेलाबाट नेपाललाई बहुआयामीक क्षेत्रमा लाभ हुने आशा गरिएको छ ।

विगतका समयमा पनि यस व्यापार मेलामा नेपालको सहभागीता रहँदै आए पनि निरन्तरता दिन नसकिरहेको अवस्थामा यसपटकको सहभागीताले नेपाल ‘फोकस कन्ट्री’ को रुपमा रहने विश्वस लिइएको छ ।

४५ वर्ग मिटर क्षेत्रफलमा सात वटा स्टलको व्यवस्था सांस्कृतिक कार्यक्रमको लागि स्टेज सजावट र नेपाल पेभिलियन निर्माण लगायत कार्य तथा व्यावसायीक वस्तुको छनोटका कार्य समेत सम्पन्न यस मेलाको पूर्व तयारीका कार्य सम्पन्न भएको छ ।

उक्त मेलामा सहभागीता जनाउने व्यावसायी र केन्द्रहरुबीच नेपालको सहभागीतालाई सफलता पूर्वक सम्पन्न गर्ने विषयमा आपसि छलफल एवं अन्र्तक्रिया सम्पन्न भएको छ ।

Advertisement

Advertisement

Advertisement