स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासमा खुद नाफा २४ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आव २०७५-७६ को तेस्रो त्रैमासमा २४ दशमलव ०५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा ५८ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो वर्षको यही अवधिमा नाफा ४७ करोड १२ लाख रुपैयाँ थियो।

बैंकले खुद व्याज आम्दानी १२.२० प्रतिशतले बढाएर ८४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै बैंकले विभिन्न शुल्क तथा कमिसनबाट खुद आम्दानी ७८ प्रतिशतले बढाएर २१ करोड रुपैयाँ आर्जन गरेको छ।

निक्षेप ८ प्रतिशतले घटेको छ भने ऋण लगानी १४ प्रतिशतले बढेको छ। तीन महिनाको अवधिमा बैंकले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। पूँजी तथा कोष बढे पनि ऋण लगानी र निक्षेप संकलनमा उल्लेख्या सुधार नहुँदा बैंकको पूँजी कोष अनुपात २३.४४ प्रतिशत छ।

बैंकको चुक्ता पूँजी सत् प्रतिशतले बढेर ८ अर्ब एक करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ जम्मा भएको छ। खराव कर्जा ०.२१ प्रतिशत छ। सत् प्रतिशत चुक्ता पूँजी बृद्धि हुँदा प्रति शेयर आम्दानी १८ रुपैयाँले घटेर ३१.६६ रुपैयाँमा झरेको छ। आधार व्याजदर १.६७ प्रतिशत बिन्दुले बढेर ८.१४ प्रतिशत पुगेको छ।

Advertisement

Advertisement

Advertisement