वित्तबाहेक सबै समूहमा सुधार आउँदा नेप्से दोहोरो अंकले उक्लियो

Advertisement

काठमाडौं । धेरै दिनदेखि लगातारजसो गिरावट हुँदै आएको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या हुँदाहुँदै पनि बजारमा देखिएको छ ।

सेयर बजार परिसुचक नेप्से आज करिव १४ अंकले बढेर एक हजार २०७ कायम भएको छ । विशेषगरी बाणिज्य बैंक समूह र होटल समूहका कम्पनीहरुले राम्रो कमाई गर्दा नेप्सेमा सकारात्मक असर देखिएाको हो ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव चार प्रतिशतले बढेको छ भने होटल समूहको उपसुचक दुई प्रतिशतले बढेको छ । त्यस्तै, वित्तबाहेकका बाँकी समूहमा पनि सामान्य सुधार देखिएको छ ।

आज १७ करोड ४१ लाख रुपियाँको मात्रै कारोबार हुँदा प्रभु बैंकको सेयर सबैभन्दा धेरै एक करोड ४३ लाख रुपियाँको खरिद बिक्री भएको छ । आज धेरै नाफा गर्नेमा उन्नती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा एनएमबी माइक्रोफाइनान्स लघुवित्त सबैभन्दा अगाडि छ ।

Advertisement

Advertisement

Advertisement