कुमारी बैंकले गर्यो कमालको प्रगति, खुद नाफा १९३ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । कुमारी बैंकले पनि चालु आव २०७५-७६  को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ। बैंकले चालु आवको पहिलो त्रैमासमा १९३ दशमलव ३४ प्रतिशतले नाफा बढाएर ३५ करोड २९ लाख कमाउन सफल भएको छ ।

बैंकले अघिल्लो वर्षको सोहि अवधिमा  जम्मा १२ करोड ३ लाख मात्रै कमाएको थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब कर्जा प्रवाह वृद्धि गरेको छ । बैंकले असार मसान्तमा ६९ अर्ब निक्षेप संकलन गरेको थियो भने असोज मसान्तमा ७२ अर्ब पुर्याएको छ ।
त्यस्तै कर्जा भने ६१ अर्बबाट वृद्धि गरेर ६७ अर्ब पुर्याएको छ ।

७ अर्ब १६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैंयाँ रहेको छ । ३.३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको खराब कर्जा १.१४ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ११.०९ प्रतिशत रहँदा प्रति सेयर आम्दानी १९ रुपैंयाँ ७१ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement