खस्कियो एभरेष्ट बैंकको प्रगति, चालु आवमा चार करोडको  घाटा

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले चालु आव २०७५-७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकको  चालु आवको पहिलो त्रैमासमा नाफा घटेर ४९ करोडमा सिमित भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ करोड नाफा कमाएको बैंकले चालु आव ७५-७६ को पहिलो त्रैमासमा भने ४९ करोड मात्रै कमाएको हो ।

एनएफआरएस लेखा प्रणाली अनुसार सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणमा बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेको छ । गत असार मसान्त अवधीमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसन्त अवधीमा १२० अर्ब पुर्याएको हो ।

४ अर्ब निक्षेप वृद्धि गर्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ । असार मसान्तमा ९४ अर्ब कर्जा प्रवाह गरेको एभरेष्टले असोज मसान्तमा १०३ अर्ब पुर्याएको हो । ८ अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ ।

एभरेष्ट बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४६ पैसा रहेको छ । बैंकको स्प्रेड दर ४ दशमलब २३ प्रतिशत रहेको छ भने आधार ब्याजदर ८ दशमलब ८० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement