पहिलो त्रैमासमा हिमालयन डिष्ट्रिलरीको नाफा करिब पाँच करोडले बढ्यो

Advertisement

काठमाडौं।   हिमालयन डिष्ट्रिलरी कम्पनीले चालू आव २०७५-७६ को पहिलू त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  मदिराजन्य उत्पादनमा नेपालको प्रमुख मध्ये एक यस पहिलो त्रैमासमा खुद नाफा ६ करोड ४५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा  १ करोड ५६ लाख ६६ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ४ करोड ८९ लाख ९१ हजार रुपियाँले बढेको हो।

कम्पनीको अन्य सञ्चालन आम्दानीमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख ११ हजार रहेको उक्त आम्दानी पहिलो त्रैमासमा २ करोड ६९ लाख ८९ हजार पुगेको छ ।

त्यस्तै वस्तु विक्री वितरण खर्च पनि झण्डै २ करोडले घटेको छ भने गत वर्ष भन्दा कम्पनीको कार्यालय खर्चमा भने केही वृद्धि भएको छ ।कम्पनीसँग १ अर्ब ४७ करोड रुपैयाँ अचल दायित्व तथा ३५ करोड ६३ लाख लाख चालू दायित्व रहेको देखिन्छ ।

३८ करोड ५६ लाख ४५ हजार पाँच सय रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ६६ रुपैयाँ ९९पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ८६.८२ गुणा धेरै रहेको छ ।

Advertisement

Advertisement

Advertisement