बैंक अफ काठमाण्डूको नाफा ७२.६५ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं।  बैंक अफ काठमाण्डूले चालू आव २०७५-७६ को पहिलो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले  पहिलो त्रैमासिक विवरण अनुसार ३८ करोड ६० लाख रुपैंया आम्दानी गरेको छ ।

गत वर्षको सोहि अवधिमा बैंकले २२ करोड ४० लाख खुद नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस  पटक भने ७२ दशमलव ६५ प्रतिशतले नाफा बढाएको हो।

यस अवधिमा बैंकले ७९ अर्ब ९५ करोड निक्षेप संकलन गरि ७१ अर्ब ६० करोड कर्जा तथा लगानी परिचालन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप १५ र कर्जा लगानी १७ प्रतिशतले वृद्धि गर्दा उसले ८७ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement