एनआइसी एसियाले १० प्रतिशत सेयर लाभांश दिने

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गएको आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत (१० रुपियाँ) सेयर लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांशका लागि शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाबाट अनुमोदनपछि मात्रै बितरण हुनेछ । एनआइसी एसियाले आर्थिक बर्ष २०७४।७५ मा बार्षिक विन्दुगत आधारमा कर्जा तथा सापटीतर्फ ४८ अर्ब (६७ प्रतिशत)ले वृद्धि गरी एक अर्ब २० अर्ब तथा निक्षेपतर्फ ६४ अर्ब (७३ प्रतिशत)ले वृद्धि गरी एक खर्ब ५२ अर्ब संकलन गरेको छ ।

त्यसैगरी, चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कर्जा तथा सापटीतर्फ बार्षिक विन्दुगत आधारमा ६१ प्रतिशत (५३ अर्ब)ले वृद्धि गरी एक खर्ब ३९ अर्ब तथा निक्षेप संकलन ५८ प्रतिशत (६० अर्ब)ले वृद्धि गरी एक खर्ब ६३ अर्ब संकलन गर्न सफल भएको बैंकले जनाएको छ ।

यस अवधिमा मुनाफा १७० प्रतिशतले वृद्धि गरी ७५ करोड ५३ लाख रुपियाँ आर्जन गर्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३६ दशमलव ७८ प्रतिशत रहेको छ । एनआइसी एसियाको मुलुकभर २३१ शाखा, २२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १५ शाखारहित बैंकिङ सेवा रहेको छ ।

Advertisement

Advertisement

Advertisement