एनआइसी एशिया बैंकले एलआईसी नेपालको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । एनआइसी एशिया र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले मुलुकभरका सबै दुई सय ६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

बैंकले हाल मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ इकाईहरुमार्फत सरल, सुलभ र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २१० अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब रुपियाँ तथा कर्जा १४२ अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement