डलरको भाउ घट्न थाल्यो, आजको मूल्य ११४ रुपियाँ ९३ पैसा

Advertisement

काठमाडौं । अमेरिकी डलरको भाउ मंगलबार केही घटेर ११४ रुपियाँ ९३ पैसा कायम भएको छ । अघिल्लो महिना हालसम्मकै महँगो भएको डलरको भाउ केही दिनदेखि घट्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको खरिद दर ११४ रुपियाँ ३३ पैसा र बिक्री दर ११४ रुपियाँ ९३ पैसा तोकेको छ । गत असोजको मसान्तसम्ममा डलरको मूल्य हालसम्मकै उच्च हुँदा नेपाली रुपियाँ हालसम्मकै कमजोर भएको थियो । त्यतिबेला एक डलरको मूल्य ११८ रुपियाँ ८० पैसासम्म पुगेको थियो ।

भारतीय मुद्राको बसलीकरणसँगै डलरको भाउ पनि घट्न हुन थालेको छ। भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ। पछिल्ला केही दिनयता अमेरिकी डलरको विनिमय दर घट्दै गएको थियो। डलरको भाउ घट्दा आयातित वस्तु सस्तिन्छ। डलरको भाउ घटेका कारण नेपाल आयल निगमको नोक्सानी समेत कम भएको छ।

Advertisement

Advertisement

Advertisement