राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने बैंक

Advertisement

काठमाडौं  । राष्ट्रिय वाणिज्य बैंकले चालु आव २०७५–७६ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकको प्रकाशित वित्तिय विवरण अनूसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु.एक अर्ब ११ करोड ९० लाख मूनाफा आर्जन गरी मूलूकभरका वाणिज्य बैंकहरु मध्ये सर्वाधिक नाफा आर्जन गर्ने बैंकको रुपमा अग्रस्थान हासिल गरेको छ ।

यसैगरी यस त्रैमाससम्ममा बैंकले रु.एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख निक्षेप संकलन गरी निक्षेप तर्फ पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । यस अवधि सम्ममा बैंकले रु. १ खर्ब २३ अर्ब ९० करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले अघिल्लो आ.व.को तूलनामा मूनाफा तर्फ ६७ दशमलव ७३ प्रतिशत, निक्षेप तर्फ १० दशमलव ५३ प्रतशित र कर्जा तर्फ १३ दशमलव १२ प्रतिशतको बृद्धि हासिल गरेको छ ।

बैंकले गत आ.व.मा साविक एन.आई.डी.सी. डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसंगै बैंकको चूक्ता पूंजी रु.नौं अर्ब पूगेको छ भने जगेडा कोष १४१ दशमलव ६७ प्रतिशतले बढेर रु.१२ अर्ब ५४ करोड पूगेको छ ।
बैंकको हाल ७५ जिल्लामा २०८ वटा शाखा कार्यालयहरु, १६५ एटीएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement