भारतीय निर्माण उपकरणहरुको वृहत प्रदर्शनी भक्तपुरमा सुरु

Advertisement

काठमाडौं । भारतीय दूतावास र भारतीय उद्योग परिसंघको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा तीन दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले गरे । भारतीय राजदूत मंजिव सिंह पुरीसहित नेपाली र भारतीय उद्योगी व्यापारीहरु सहभागी कार्यक्रममा कार्यक्रम उद्यघाटन सुरु गरिएको हो ।

प्रदर्शनीमा भारतीय ब्राण्ड जेसीबी, एलएण्डटी, हुण्डाई, क्याटरपिलर, टाटा हिताची जस्ता ब्राण्डका १५० भन्दा बढी व्यापार कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गरेका छन् । दुई देशबीच यस उद्योगमा रहेको उच्च तहको आदानप्रदानलाई थप सुदृढ गर्नका निमित्त दुवै देशका निर्माण कम्पनीहरुलाई एक ठाउँमा ल्याउने लक्ष्य यस प्रदर्शनीले राखेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement