सवारी चालक अनुमतिपत्रका लागि आजबाट अनलाइन आवेदन भर्न पाइने

Advertisement

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि शुक्रबारदेखि आवेदन खुल्दै छ । दशैंअघिदेखि बन्द लाइसेन्स आवेदन सेवा यातायात व्यवस्था विभागले श्ुक्रबारबाट खुलाउने भएको हो ।

यातायात व्यवस्था विभागले कामठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भूको ठूलो भर्याङ, चावहिलको सुकेधारा र ललितपुरको एकान्तकुना गरी चार वटा कार्यालयमार्फत लाइसेन्सको लागि आवेदन भर्ने व्यवस्था मिलाएको छ । चार वटै कार्यालयबाट मोटर साइकल, स्कुटर, कार–जीपाका लागि आवेदन दिन सकिने छ ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाई गर्न सकिने विभागले जनाएको छ । विभागले देशैभरका अनुमतिपत्र प्रदान गर्ने कार्यालयहरुमा अनलाइन फारामका लागि अनिवार्य गरेको छ ।

परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन। करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन्।

यातायात व्यवस्था विभागले उक्त ब्याकलक हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलार्इ लाइसेन्स छपाईको जिम्मेवारी दिए पनि पर्याप्त छपाई गर्न सकेको छैन।

Advertisement

Advertisement

Advertisement