खटाएको ठाँउमा नजाने कर्मचारीको दिन गएः मन्त्री पण्डित

Advertisement

बिर्तामोड । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर नै जाने दिन आउन लागेको बताएका छन्। कर्मचारी समायोजन अध्यादेश जारी हुन लागेको जानकारी गराउँदै पण्डितले खटाएको ठाउँमा जान आनाकानी गर्ने कर्मचारीको दिन गएको बताए

झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय सरकार सञ्चालन उपलब्धि र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन्।

उनले कर्मचारीलाई काम गर्ने वातावरण सरकारले बनाउने र प्रोत्साहनका साथ खटाउँदा पनि आनाकानी गर्ने कर्मचारीको अब दिन गएको प्रष्ट पारे।

सरकार कर्मचारी समायोजनाका विषयमा गम्भीर भएर लागेको दाबी गर्दै मन्त्री पण्डितले अपुग कर्मचारी लोकसेवा आयोगमार्फत पूर्ति गरिने बताए।

नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति कर्मचारीमा अझै रहेको उल्लेख गर्दै खटाएको ठाउँमा जान नखोज्ने प्रवृत्ति मुख्य समस्याका रुपमा रहेको बताए। मन्त्री पण्डितले संघीय निजामती सेवा ऐन एक महिना अघिदेखि नै मन्त्रिपरिषदको छलफल रहेको बताउँदै अन्तिम चरणमा पुगेको बताए।

उनले संविधानसँग बाझिएका कानुन सबै फागुन २१ गते भित्र संशोधन भइसक्ने र असोज ३ गते भित्र मौलिक हक सँग जोडिएका सबै कानुन निर्माण गरिसक्ने सरकारको तयारी रहेको बताए।

Advertisement

Advertisement

Advertisement