सिद्धार्थ बैंकलाई दुई अर्बको  ऋणपत्र जारी गर्ने अनुमति

Advertisement



काठमाडौं।  सिद्धार्थ बैंकले दुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले सिद्धार्थलाई दुई  अर्ब २५ करोड रुपैयाँको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । यस ऋणपत्रमा बैंकले १०.५% ब्याज दिनेछ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रको अवधि ७ वर्षको (२०८२ सम्म) हुनेछ । ऋणपत्र निष्कासन गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।


बैंकले लगानी विस्तार गर्न ऋणपत्रको सहायता लिएको हो । पुँजी वृद्धिपछि आक्रामक लगानी विस्तारमा उत्रिएका बैंकहरु आवश्यकता अनुसार निक्षेप संकलन नभएपछि ऋणपत्रतिर आकर्षित हुन थालेका छन् । यसअघि एनआइसी एसिया र सानिमा बैंक लगायत पनि लगानी विस्तार गर्न ऋणपत्रकै बाटोमा लागेका छन् ।

Advertisement

Advertisement

Advertisement