सहकारीका व्यवस्थापक ६६ लाख हिनामिनाको आरोपमा पक्राउ

Advertisement

घोराही । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो ।

चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् ।

पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान सन्तकुमार चौधरी फरार छन् ।

यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement