सामान्य कार्यक्रममा निम्तो मान्न प्रधानन्यायाधीसदेखि सभामुखसम्म पुगे भारतीय दूतावासमा

Advertisement

काठमाडौं । भारतीय दूतावासभित्र बुधबार साँझ आयोजित सामान्य कार्यक्रममा मुलुकका प्रधानन्यायाधीसलदेखि सभामुखसम्म भारतीय दूतावास पुगेका छन् । दूतावास परिसरमा आयोजित एक साँस्कृतिक कार्यक्रम हेर्न उनीहरु आफ्नो नियमित काम छाडेर दूतावास पुगेका हुन् ।

भारतीय दूतावासले आयोजना गरेको तबलाबादक जाकिर हुसेनको सांगीतिक कार्यक्रममा प्रधानन्यायाधीस ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेताहरु अर्जुननरसिंह केसी, पशुपतिशम्शेर राणा, सीतादेवी यादवलगायत थुप्रै नेता र सरकारको उच्च पदमा रहेका व्यक्तिहरु थिए ।

अन्य दूतावासले यस्तै कार्यक्रम गर्दा जान नभ्याउने उनीहरु भारतीय दूतावासले बोलाउँदा भने महत्वपूर्ण काम छोडेर भए पनि पुग्ने गरेको लामो इतिहास छ । पुग्नेहरु अधिकांश दम्पतीसहित पुगेका थिए । भारतीय लगानीका कम्पनीहरु सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलले प्रायोजन गरेको सो कार्यक्रम झण्डै एक हजार सहभागी थिए । जसमा अझै भारतीय दूतावास र भारतीय लगानीका कम्पनीहरुका प्रतिनिधि सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement