सबै भूकम्पपीडितका घरको अनिवार्य बीमाको व्यवस्था गरिने

Advertisement

काठमाडौं । सरकारले सबै भूकम्पपीडितका घरको बीमा गर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । भूकम्पपछि पुनर्निर्माण भएका घरको अनिवार्य बीमाको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो सम्बन्धि फाइल मन्त्रिपरिषद्मा पठाएको हो ।

सो व्यवस्था अनुसार प्रतिघर पाँच सर रुपियाँ प्रिमियममा बीमा गराउन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उक्त प्रिमियममा सरकारले ५० प्रतिशत थप गरेर नीजी आवासको बीमा गर्ने व्यवस्था हुने उनले बताए । उनका अनुसार सो बीमाले पाँच लाख रुपियँ बराबरको जोखिम वहन गर्ने छ ।

यस कार्यक्रममा सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत भूकम्पपछि निर्माण भएका सबै घरको बीमा गराउन लागेको हो । राष्ट्रिय बीमा कम्पनीकाृ भूकम्पपीडितको घरको बीमा गरिने निर्णयलाई बीमा समितिले स्वीकृत गरिसकेको ज्ञवालीले बताए ।

Advertisement

Advertisement

Advertisement