पुनर्निर्माणका लागि थप स्रोत जुटाउन विकास समितिको निर्देशन

Advertisement

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण प्रधिकरणलाई हालसम्म उपलब्ध स्रोत र साधन पुनर्निर्माण कार्य सम्पन्न गर्नका लागि अप्रयाप्त हुने भन्दै थप आवश्यक रकमको सुनिश्चितताको लागि प्राधिकरणलाई निर्देशन दिएको छ । बिहीबार समितिको कार्यालयमा प्राधिकरणका कार्याकारी अधिकृत र सचिवसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

यसैगरी समितिले जोखिममा परेका भुकम्प पीडितहरुलई थप ५० हजार रुपियाँ उपलब्ध गराउने अबधारणालाई कार्यान्वयन गर्न पनि पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले भूमिहिन, सुकुम्बासी, ऐलानी र पर्ति जग्गामा बसेका भुकम्प पीडितको निजि र घर पुनर्निर्माणले सोचेजस्तो गति नलिएको भन्दै यस्ता लाभग्राहीलाई प्रथामिकताका साथ अनुदान उपलब्ध गराएर पुनर्निमाणमा तिव्रता दिन पनि निर्देशन दिएको छ ।

भुकम्पका कारण अङ्ग भङ्ग भएका, अपाङ्ग, एकल परिवार, वृद्धवृद्धा तथा घरवारविहीन बालबालिकाका लागि आर्थिक सामजिक पुनस्र्थापना गर्ने कार्यलाई स्पष्ट कार्यविधि बनाएर श्रिघ कार्यान्वयनमा ल्याउन पनि समितिले प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले भुकम्प पीडितलाई निजि आवास निर्माणका प्रदान गर्ने भनिएको सहुलिएत पूर्ण कर्जा उपलब्ध गराउनका लगि सहजिकरण गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले पुनर्निर्माण कार्यलाई तिव्रता दिनका लागि भुकम्प पीडितको गुनासो सुन्ने र त्यसको प्रभावकारी सम्बोधनको व्यवस्था गर्न पनि प्राधिकरणलाई समितिले निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement