निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार कायम, आजै समायोजनका लागि सूचना जारी हुँदै

Advertisement

काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको हो ।

दरबन्दी निश्चित भइसकेकाले बुधबार नै कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने तयारी गरिउको संघिय मामिला तथा सामन्न्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सोही जानकारी गराउनका लागि दिउँसो साढे २ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन आयोजना गरेका छन् । मुख्यसचिवदेखि सबै मन्त्रालयका सचिवहरुलाई समेत पत्रकार सम्मेलनमा बोलाइएको मन्त्रालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ र कुन कर्मचारीलाई कहाँ खटाइएको भन्ने जानकारी पनि अनलाइनमार्फत् नै हुनेछ । त्यसका लागि सामान्य प्रशासन मन्त्रालयले सफ्टवेर निर्माण गरेको छ ।

उक्त सफ्टवेरमा कर्मचारीहरुले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउने छन् । तर, समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीहरुको पदस्थापन हुनेछ ।

प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफूले इच्छाएको विवरण सफ्टवेयरमा भर्नुपर्ने छ । उनीहरुको प्राथमिकताका आधारमा समायोजनको प्रक्रिया अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

सरकारले यसअघि कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । मंसिर २३ गते राजपत्रमा प्रकाशित अध्यादेशमा संघीय संसदका दुवै सदनमा बुधबारदेखि छलफल सुरु हुँदैछ । अध्यादेश जारी भएको ६ महिनाभित्र संसदले पारित गर्नुपर्ने हुन्छ ।

कतिपय कर्मचारीहरुले अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने खालका प्रावधान पनि रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement