वाणिज्य बैंकहरुलाई भारतीय वित्तीय संस्थाबाट ऋण लिन राष्ट्र बैंकले बाटो खोल्यो

Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक सुचना जारी गर्दै भारतीय मुद्रामा समेत ऋण ल्याएर यहा कर्जा दिन पाउने व्यवस्था गरेको जानकारी दिएको हो । यस्तो ऋण लिन केन्द्रीय बैंकको स्वीकृति चाहिनेछ र ऋण रकम आएपछि अनिवार्यरुपमा राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्नेछ ।

यसरी ल्याएको ऋण राष्ट्र बैंकले तोकेको उत्पादन मुलक क्षेत्रमा मात्र कर्जा दिन पाइने व्यवस्था रहेको छ । यसरी बैंकहरुले विदेशबाट परिपत्र्य भएपनि भारतीय मुद्रामा भएपनि प्राथमिक पुँजीको ५० प्रतिशत मात्र ऋण ल्याउन पाइने छ । तर वाणिज्य बैंकहरुले जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारण लाइन, सुरुङ मार्ग निर्माण, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन नपाइने  विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिए  ।

Advertisement

Advertisement

Advertisement