विवादमा परेका झाले छोडे पद, आलोचित बनेका सञ्चारमन्त्रीको पनि राजीनामा मागियो

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको जिज्ञासामा यो जानकारी गराएका हुन् । अध्यक्ष झाले राजीनामा दिएको एक मन्त्रीले पनि पुष्टि गरे ।
यसअघि सरकारले पदबाट हटाएपछि सर्वोच्च गुहारेका झालाई सरकारले आफैँ पुनर्नियुक्ति गरेको थियो ।

यसअघि नेकपा स्थायी समिति बैठकमा लेखराज भट्टले अध्यक्ष झाले आफैँलाई घुस बुझाउन आएको भन्दै प्रश्न उठाएका थिए । बुधबारको संसदीय दलको बैठकमा पनि अध्यक्ष झाबारे प्रश्न उठेको थियो । यही क्रममा प्रधानमन्त्रीले उनले राजीनामा बुझाइसकेको जानकारी सांसदहरुलाई गराएका थिए ।

यद्यपि प्रधानमन्त्री ओलीले झाको राजिनामा बिडम्बना भएको बताए । ‘उनी योग्य व्यक्ति हुन् । भ्रष्टाचारी होइनन् । बदनामी भयो भनेर आफैँ राजिनामा बुझाउन आएका हुन्,’ प्रधानमन्त्री ओलीले भने।

झाको पुनर्नियुक्तिले सरकार र पार्टीलाईनै बदनाम गरेको भन्दै नेकपाका रामकुमारी झाक्रीलगायत ४३ सांसदहरुले अध्यक्षद्धयलाई ज्ञापनपत्र बुझाएका थिए ।

उसो त नियुक्तिको समयमा पनि झाको नियुक्ति विवादमा तानिएको थियो । झासँगै झाको नियुक्ति लगायतका कुरामा विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको पनि प्रधानमन्त्रीले राजीनामा मागेको अपुष्ट समाचार बाहिर आएको छ ।

Advertisement

Advertisement

Advertisement