श्रृंखला खतिवडालाई ‘छक्का पञ्जा ४’ खेल्न अफर

Advertisement

काठमाडौँ । २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडाले हिरोइनको रुपमा आफू कहिल्यै नआउने उद्घोष गरिसकेकी छन् तर उनलाई दिपाश्री निरौला निर्देशित नेपाली फिल्म छक्का पञ्जा ४ मा नायिकाको रुपमा अफर आएको छ । मिस नेपालको ताज पहिरिएपछि धेरैको लक्ष्य हिरोइन बन्ने हुन्छ । रुबी राणादेखि निकिता चण्डकसम्म यसका उदाहरण हुन् । तर, केही मिस नेपाल विजेता अपवाद पनि छन् ।

फिल्म गर्दै नगर्ने अडानमा बसेकी उनलाई ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले भने फिल्म अफर गरेकी छन् । शक्तिशाली महिला निर्देशकको रुपमा आफूलाई स्थापित गर्न सफल उनले फिल्म ‘छक्का पञ्जा ४’ अफर गरेकी हुन् । श्रृंखलाले भने अफर लत्याएकी छन् ।

श्रृंखलाले भने धन्यवाद दिँदै भनिन्, ‘फिल्मको पहिलो शो हेर्न चाहिँ आउँछु तर फिल्म गर्दिनँ ।’ दीपाश्रीले उनलाई फिल्म नगरे पनि समाजसेवामा सँधै सक्रिय रहन आग्रह गरिन् । उनले भविष्यका लागि शुभकामना दिँदै भनिन्, ‘समाजसेवामार्फत् देशको एक उदाहरणीय हिरोइन बन्नु ।’

Advertisement

Advertisement

Advertisement