अब बिमा कम्पनिले सरकारको अनुमतिमा कर्मचारी विदेश भ्रमण पठाउने

Advertisement

काठमाडौँ । आफूखुसी विदेश भ्रमणमा जाने चलन बीमा कम्पनीहरुमा अत्यधिक देखिएपछि अब बिमा कम्पनिहरुले सरकारको अनुमतिमा मात्र कर्मचारी विदेश भ्रमण पठाउने नियम गरेको छ । बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।


बिमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले आफ्नो अनुमति बिना विदेश भ्रमण जान नपाउने बताएको हो । अध्यक्ष चापागाईंले भने, ‘नेपालमै प्रशस्तै घुम्ने ठाउँ छन् पहिलो प्राथमिकता स्वदेशलाई दिँदा राम्रो हुन्छ’ स्वदेशमै प्रशस्त घुम्ने ठाउँहरु रहेको भन्दै उनले भने, ‘यसले पर्यटकी क्षेत्रको प्रवद्र्धन र मुलुकको अर्थतन्त्रलाई समेत सकरात्मक प्रभाव पार्छ ।’

Advertisement

Advertisement

Advertisement