डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको विज्ञ सदस्यमा नियुक्त

Advertisement

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्ति भएका छन् ।

सरकारले दुई वर्षको लागि विज्ञको रुपमा संस्थानको सञ्चालक नियुक्त गरेको हो । भेटेरिनरी विषयमा स्नातकोत्तर गरेका श्रेष्ठ विगत एक दशकदेखि यस क्षेत्रमा क्रियाशील रहेका छ । उनले भेटेरिनरियनहरुको अधिकारका साथै सम्वन्धित क्षेत्रको कानुन निर्माण गर्ने कुरामा समेत विगतमा नेतृत्वदायी भूमिका खेल्दै आएका थिए ।

श्रेष्ठ यसअघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषदलगायतका संस्थाहरुमा समेत आवद्ध थिए। उनले संस्थानलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन भूमिका खेल्ने पनि बताए ।

उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय दुध र दुग्धजन्य पदार्थहरु उपलब्ध गराउन दुग्ध विकास संस्थान संस्थान जस्ता निकायहरुको महत्वपूर्ण भूमिका रहने भन्दै यसलाई अझै गतिशिल ढंगले सञ्चालन गराउनु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement