विप्रेषण कारोबारका लागि सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बिच रेमिटान्स सम्झौता

Advertisement

काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता छ ।

सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरे ।

भ्यालूको मलेसिया भरी २००० एजेन्ट्लोकेशन्हरु छन् साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङको  पनि सेवाउपलब्ध छ । अब मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ६००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement