सरकार भेटियो, न्याय भेटिएनः माइतीघरमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

Advertisement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन भएको छ । प्रहरी अवरोधका बीच भएको प्रदर्शनमा सहभागी सयौंले ‘सरकार भेटियो, न्याय भेटिएन’ उल्लेखित निर्मलाको पोष्टर बोकका थिए ।

सहभागीहरूले निर्मलालाई न्याय दिन माग गर्दै नारा पनि लगाए । यसअघि शुक्रबार साँझ उक्त पोष्टरहरु टाँस्ने युवाहरुलाई प्रहरीले पक्राउसमेत गरेको थियो । निर्मलाको हत्या भएको झण्डै चार महिना भइसक्दासमेत हत्याराहरु पक्राउ पर्न सकेका छैन् ।

राजधानीमा एसिया प्यासिफिक समिट भइरहेको कारण देखाएर माइतिघरमा कार्यक्रममा गर्न प्रहरीले अवरोध गर्ने काम गरेको छ । माइतीघरमा केही बेर प्रदर्शन गरेपछि प्रदर्शनकारीहरु नयाँ बानेश्वरतर्फ अघि बढेका छन् ।

निर्मलाका हत्या भएपछि प्रहरीले विधिअनुसार अनुसन्धान नगरी उल्टै नियोजितरुपमा प्रमाणहरु मेटाउने काम गरेको थियो । अन्य घट्नामा दोषीहरु सजिलै पत्ता लगाउँदै आएको प्रहरीले यस घट्नामा भने दोषी सार्वजनिक गर्ने आँट गर्न सकेको छैन् । कतिपयले यस घट्नामा सेनाकै मान्छेको संलग्न भएका कारण सरकारले सत्य बाहिर ल्याउन आनाकानी गरेको हुनसक्ने अडकल गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement