कालिकाले ८.४२ प्रतिशत लाभांश  दिँदै

Advertisement

काठमाडौं  । कालिका लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई  ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने लाभांश कर तिर्नका लागि शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले राष्ट्र बैंक र आफ्नो साधारणसभा बाट स्विकृत गराएपछि सो लाभांश लगानीकर्तालाई वित्तरण गर्नेछ ।

कालिकाको हालको चुक्ता पुँजी १० करोड रुपियाँ छ । यो बोनस सेयर बित्तरण पछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तले चालु आवमा १२ लाख ४२ हजार खुद नाफा कमाएको थियो  ।

Advertisement

Advertisement

Advertisement