गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच  बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं ।  गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच  बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार गण्डकी विकास बैंकका सम्पूर्ण ग्राहकहरूले मुलुकभर फैलिएको ७७ वटै शाखाबाट बिमालेखहरू लिन, बिमाशुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानी सुविधाहरू उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले गण्डकी बिकास बैंकका सम्पूर्ण शाखाहरूमार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब म्यानेजर सुमना न्यौपाने खनालको समेत उपस्थिति थियो । बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरूलाई सहज र सरल रूपमा आफ्ना ७७ वटा शाखाबाट पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement