छैटौं चरणको खेल सकिँदा मनाङ मुख्य दाबेदार, अरुको अवस्था कस्तो ?

Advertisement

काठमडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार दुई खेल भएसँगै जारी सिजनको छैटौं चरणको खेल सकिएको छ । बिहीबार भएको छैटौं चरणको अन्ति दुवै खेल गोल सहित बराबरीमा सम्पन्न भएको थियो । फ्रेन्डस् क्लबर विरुद्ध आर्मि र ब्रिगेड ब्वाइज विरुद्ध मछिन्द्र क्लबबीच भएको दुवै प्रतिस्पर्धा गोल रहित बराबरी सँगै छैटौं चरणको खेलहरु सकिएको हो ।

छैटौं चरणको खेल सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहँदै मनाङ मस्र्याङ्दीले छ खेलबाट शतप्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै छ खेल खेलेको संकटा पाँच जितसहित १५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ भने समान १५ अंक भएको थ्री स्टार गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा छ ।

छैटौं चरणको खेल सकिँदासम्म अपराजित आर्मी चार जित र दुई बराबरीसँगै १४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । त्यसै गरी नेपाल पुलिस क्लब पाँचौं र हिमालयन शेर्पा क्लब छौटौं स्थानमा रहेका छन् । यी दुई टीमले समान तीन जित एक बराबरी र दुई हार व्यहोरेका छन् ।

जारी लिगको सातौं र आठौं स्थानमा च्यासल र एपिएफ क्रमश रहेका छन् । त्यस्तै छ खेल खेलेको सरस्वती दुई जीतको मद्दतमा नवौं स्थानमा रहेको छ । लिगमा एक जित र दुई बराबरी खेलेको फ्रेन्डस् भने पाँच अंककासाथ दशौं स्थानमा रहेको छ ।

जावलाखेल क्लब भने चार अंक जोड्दै अंकतालिकाको ११ औं स्थानमा छ भने समान चार अंक भएको ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा १२ औं स्थानमा छ । जारी लिगमा एउटा पनि जितको नतिजा निकाल्न नसकेका मछिन्द्र र एनआटी क्रमश अंकतालिकाको अन्तिम दुई स्थान १३ औं र १४ औं मा छन् । मछिन्द्रले तीन खेलमा बराबरी खेल्दै तीन अंक बनाएको छ भने एनआरटी पाँच खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंकमा बनाएको छ ।

Advertisement

Advertisement

Advertisement