सुशासन र विकासका पक्षमा कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्रीको आग्रह

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारका कामलाई हुबहु नभएर आलोचनात्मक ढंगबाट टिप्पणी गरेर सहयोग पुरयाउनुपर्ने बताएका हुन् ।

उनले सरकारका कामलाई अझ प्रभावकारी र सफल बनाउन पत्रकारहरुले सहयो गर्नुपर्नेमा जोड दिँदै सरकारका काममा कमी कमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले भने, ‘सरकारले गल्ती गरे सुझाव दिने वा गाली गर्ने अधिकार तपाईंहरुसँग छ । तपाईंहरुले गल्ती गरे कसैले पनि गाली गर्न नसक्ने हुँदा तपाइंहरुलाई सत्य तथ्य लेख्न कुनै अङ्कुश छैन’ उनले भने, ‘तपाईंहरु आफैंमा जिम्मेवार हुनुहुन्छ ।’ प्रेस जवाफदेही भएमात्र साजनीतिक प्रणाली सुदृढ हुने बताए ।

नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको मन्त्री खतिवडाले बताए । व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव तयार रहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement