पूर्व मन्त्री पाण्डेसहित २१ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर

Advertisement

काठमाडौ–सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री समेत रहेका बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठेकेदार कम्पनी कालिका कनस्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा आठ अर्ब रुपियाँ भष्टाचार गरेको भन्दै अलग अलग विगोसहित मुद्दा दर्ता गरेको हो। पाण्डे उक्त कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष हुन्।

यसैगरी अख्तियारले सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध पनि मुद्दा दायर गरेको हो । गुणस्तरहीन कामगर्ने ठेकेदार कम्पनीका पाँच जनालाईपनि मुद्दा चलाइएको छ ।

सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।

आयोजनाको मुल नहर सुरु नहुँदै परीक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरि भत्किएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

Advertisement

Advertisement

Advertisement