विरोध गर्नेहरुलाई कामले जवाफ दिन्छौंः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको विरोधीहरुलाई काम गरेर जवाफ दिने बताएका छन् । विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउन शनिबार प्रधानमन्त्री निबास बालुवाटार पुगेका नेपाल प्रगतिशील इन्जिनियर्स एशोसिएसनको टोलीसँग ओलीले यस्तो बताएका हुन् ।

‘सरकारले जनाताले दिएको अभिमतलाई सम्मान गर्दै जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गरिरहेको छ ’ ओलीले भने, ‘केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं ।’

इन्जिनियरहरुको जायज मागहरु पूरा गर्ने उनले आश्वासन दिए । आफ्नो पेशालाई मर्यादित बनाएर विश्वसनीय काम गर्न ओलीले इन्जिनियरहरुलाई निर्देशन दिए ।

सरकार इन्जिनियरहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सकारात्मक रहेको ओलीले बताए । उनले भने, ‘तपाईंहरुको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो भन्दै ओलीले यसमा सरकार प्रतिबद्ध रहेको जनाए ।

Advertisement

Advertisement

Advertisement