अर्थमन्त्रीको राजिनामा माग गर्दै सेयर बजारका लगानीकर्ता अनसनमा

Advertisement

काठमाडौं । सेयर बजार सुधारका लागि शुन्य पहल गरेको भन्दै लगानीकर्ताको एक समुहले अर्थमन्त्री युवराज खतिवडाको राजिनामा माग गर्दै अनसन सुरु गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा लगातार आएको गिरावटका कारण आफूहरुको अर्बौं रकम गुमेको र अर्थमन्त्रीले यसमा कुनै सकारात्मक पहलकदमी नलिएको भन्दै उनीहरु नेप्सेको कार्यालय अगाडि अनसनमा बसेका हुन् ।

आन्दोलित लगानीकर्ताहरुले वर्षैंदेखि आफूहरुको माग सुनुवाई गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालयले झुलाएरमात्र राखेको आरोप लगाएका छन् । यथाशिघ्र आफ्ना मागहरु कार्यान्यनका लागि दबाब दिन र माग सम्बोधन गर्न नसक्ने भए अर्थमन्त्रीको राजीनामाको मागसहित आफूहरु अनसनमा बसेको उनीहरुले प्रस्ट्याएका छन् ।

दबाव समुहका संयोजक हरि ढकालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनसन बस्ने कार्यक्रम रहेको बताए । माग पुरा नभएसम्म अनसन जारी रहने उनले जानकारी दिए ।

अर्थमन्त्रीको राजिनामा माग गर्दै २० जना लगानीकर्ता अनसनमा बसेका छन् ।

सरकारले पून्जी बजार सम्बन्धि आफ्नो धारणा स्पष्ट पार्दै नीति तथ कार्यक्रम सार्वजनिक गर्नुपर्ने ढकालले बताए । पूँजी बजार विरोधी अर्थमन्त्री डा. युवराज खतिवडालाई तत्काल पदबाट निष्काशन गरिनुपर्ने र पूँजी बजारमैत्री अर्थमन्त्री ल्याउनुपर्ने आन्दोलीत लगानीकर्ताको २० जनाको समुहले जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजार सुधारको लागि भन्दै उच्चस्तरिय समिति बनाए पनि त्यसले अहिलेसम्म कुनै पनि काम नगरेको उनले आरोप लगाए । उनका अनुसार यदि बजार सुधार गर्न चाहेको हो भने स्वयं धितोपत्र बोर्ड र नेप्सेले बनाएका विगत ३(४ वर्षदेखिका सुधारका कार्य गर्न ठाडो निर्देशन दिनु पथ्र्यो

Advertisement

Advertisement

Advertisement