जनकपुर पुगेर उर्जामन्त्रीले भने– प्रशासनिक पुर्नसंरचनामा लाग्दा परिणाम देखाउनै पाइएन्

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्रशासनिक पुर्नसंरचनामा समय लाग्दा परिणाम नदेखिएको जिकिर गरेका छन् । जनकपुरमा आयोजित अन्तरक्रियामा उनले अब भने सरकारले परिणाम दिने जिकिर गरे ।

पुनले संघीय सरकारले शुक्रबार मात्रै २५ वर्षे दीर्घकालिन योजना अघि सारेको भन्दै दिगो विकासको लागि सरकारले दृढ संकल्प गरेको बताए । उनले ठूला आयोजना संघले, मझौला प्रदेशले र साना आयोजना स्थानीय तहले गर्ने व्यवस्था मन्त्रालयले गरेको बताए ।

मन्त्री पुनले तराईका केही जिल्लामा चोरी र हुकिङको समस्या भएको भन्दै त्यसलाई रोक्न जनप्रतिनिधहरुसँग आग्रह गरे । चोरी र हुकिङ रोकिए वितरणमा सुधार गर्न आफूहरुलाई सहज हुने बताए ।

उनले तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने दावी गरे । दुई वर्षभित्र दुई नम्बर प्रदेशभरी विद्युतीकरण गर्ने योजना मन्त्रालयको भएको पनि पुनले बताए । उनले ठूला आयोजना बनाइसकेपछि प्रदेशमा हस्तान्तरण गर्ने सरकारको तयारी रहेको बताए ।

मन्त्री पुनले चुरेको संरक्षणमा जोड दिँदै पुनले तटवन्ध निर्माण गर्दा जनताको सहभागिता हुनुपर्ने र गुणस्तर र पारदर्शीतामा ध्यान पुर्याउनुपर्ने बताए । उर्जा मन्त्रालयले तीन हजार पाँच मेगावाट जलविद्युत आयोजना जनताको लगानीमा संचालन गर्ने तयारी गरेको भन्दै उनले तराईमा २ सय मेगावाट सोलार परियोजना बनाउने बताए ।

Advertisement

Advertisement

Advertisement