भारतमा मतगणना जारी, भाजपाभन्दा काङ्ग्रेस आई अगाडी

Advertisement

भोपाल  । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ। मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको काङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ।

मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना गरी पाँच राज्यहरुमा भएको निर्वाचनको मतगणना भइरहेको छ। मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो। उक्त दुवै राज्यमा काङ्ग्रेसले कडा टक्कर दिइरहेको छ। मध्यप्रदेशमा अहिलेसम्मको मतगणनाको आधारमा काङ्ग्रेस ११० र भाजपा ११० स्थानमा अगाडि छन्।

राजस्थानमा २०० सदस्यीय विधानसभा काङ्ग्रेसले ९४ र सत्तारुढ दल भाजपाले ८२ स्थानमा अग्रता बनाएका छन्।  छत्तिसगढमा अहिलेसम्म भएको मतगणनाको आधारमा १८ भारतीय जनता पाटी ६३ काङ्ग्रेस अगाडि रहेका छन्।

मिजोरममा भाजपाले १ स्थानमा र काङ्ग्रेसले ६ स्थानमा अग्रता लिएको छ। तेलङ्गानामा भाजपा २ स्थानमा अगाडि देखिएको छ भने काङ्ग्रेसले २० स्थानमा आफ्नो अग्रता बनाएको छ।

 

Advertisement

Advertisement

Advertisement