कम्पनी रजिष्ट्रार कार्यालयमा ई– पेमेन्ट सेवा सुरु, अब घरमै बसेर पैसा तिर्न सकिने

Advertisement

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले मंगलबारदेखि ई– पेमेन्ट सेवाको सुरुवात गरेको छ । कार्यालयले आफ्ना सेवालाई पुर्ण अटोमेशनमा लैजाने उद्देश्यसहित आजैदेखि उक्त सेवा संचालनमा ल्याएको हो ।

कार्यालयले आगामी बर्षको साउनसम्म कार्यालयबाट हुने सम्पुर्ण कागजी कामहरु अनलाईनबाटै हुनेगरी कार्य अघि बढाएको छ । आज यहाँ आयोजित एक कर्यक्रमबीच उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले कार्यालयको ई– पेमेन्ट सेवाको उद्घाटन गरेका छन् ।

अहिलेसम्म सेवाग्राहीले घरमा बसेर कम्पनी रजिष्ट्रैसन सम्बन्धि सबै काम गर्न सकिने भएपनि पैसा तिर्न बैंकमा जानुपर्ने बाध्यता थियो अब ई– पेमेन्ट सेवाको सुरुवात भएसँगै घरमै बसेर पैसा पनि तिर्न सकिने भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले कार्यालयले सुरु गरेको ई पेमेन्ट सेवाले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताउँदै यसले कम्पनी दर्ता गर्ने बेला पारदर्शिता पनि आउने बताए । उनले अहिलेको समयमा सबै कर्मचारीले आफुलाई राजा मान्ने गरेको भन्दै यस्तो विचार राख्ने मान्छे जनताका ेलागि भार हुने बताए ।

यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव यमकुमारी खतिवडाले कार्यालय पुर्ण अटोमेशनमा गईसकेपछि अबका कर्मचारीलाई आफ्नो प्रश्तुतीका आधारमा ईन्सेन्टीभको योजना ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यालयका रजिष्ट्रार भुवनहरी अर्यालले कार्यालयलाई पुर्ण अटोमेशनमा लैजाने एद्देश्यका लागि एक महत्वपुर्ण खुड्कीलो भएको बताए ।

ई– पेमेन्ट सुरुवात भएसँगै उक्त इपेमेन्ट मार्फत १ लाख रुपैयाँ सम्म नेपालका विभिन्न बैंकहरुबाट भुक्तानी गर्न सकिने भएको हो । कार्यालयले आगामी साउनदेखि सुरुवात गर्ने भनेको पुर्ण अटोमेशन सेवाले सम्पुर्ण कागजी कामहरु विस्थापन हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement